जिल्ला समन्वय अर्घाखाँचीको बार्षिक समिक्षा प्रभावकारी भएन

शक्ती महत /अर्घाखाँची ।
जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६ वटा स्थानीय तह र सन्धिखर्कमा रहेका सम्पुर्ण कार्यालले आफुले गरेका बार्षिक गतिविधी पस्तुत गरेका थिए ।
सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, मालारानी गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्री, लगायत विभिन्न कार्यलयका कार्यलय प्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।
बार्षिक समिक्षा कार्यक्रम प्रभावकारी नभएको सहभागीहरुले बताएका थिए । उनीहरुले वर्षमा कम्तीमा २ पटक बार्षिक समिक्षा गर्न माग गरेका थिए ।

अधिकांस कार्यालयले आफ्नो बार्षिक प्रतिवेद प्रस्तुत गरेपछि हिडेकाले र सम्बन्धीत जनप्रतिनिधी कार्यक्रममा सहभागी नभएकाले कार्यक्रमको अन्तिम समयमा हलमा शुन्य जस्तै उपस्थीत रहेको थियो । यता अर्घाखाँचीका सबै स्थानीय तहमा विकास निर्माण काम मा राजनिती दलहरुको हस्तक्षेप हुने गरेकाले अहिले जसको शक्ती उसको भक्ती हुने गरेको स्थानीयले गुनासो राखेका छन ।कार्यालहरुले आफुले गरेका बार्षिक गतिविधी पस्तुत गर्दा बास्तवीक गतिवीधी पस्तुत नगरेको गुनासो पनि राखेका थिए ।कार्यक्रम जिल्ला समन्वय प्रमुख पिताम्बर शर्माको अध्यक्षता र विनोद कुँवरको सञ्चालनमा समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close