अर्घाखाँचीमा ४सय ९६ जनाले कोरोना जिते,आज थप ४ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ४ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकामा बसोबास गर्ने २ जना स्वास्थ्य क्रमी र२ जना स्थानीय समुदाय स्तरका संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।योसँगै जिल्ला मा कुल कोरोना संक्रमित संख्या ५ सय ७१ पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो।यस्तै हाल सम्म कोरोना भाइरस निको भएर ४ सय ९६ जना डिस्चार्ज भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो। खनालका अनुसार अब जिल्लामा ६९ जना सक्रिय संक्रमित उपचाररत रहेको बताईएको छ भने संक्रमण बाट ६ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close