भालुवाङलाई राजधानी बनाउन मेरो भूमिका महत्वपूर्ण छः रायमाझी

नेकपाका नेता टोपबहादुर रायमाझीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गलाई कायम गर्न आफ्नो भूमिका महत्वपूर्ण रहेको दावी गर्नुभएको छ ।जिल्लाको भुमिकास्थान नगरपालिका धनचौर स्वास्थ्यचौकीको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दे उहाँले अर्घाखाँचीलाई समेटेर दाङको भालुवाङ्ग राजधानी समेट्नु नै आफ्नो उदेश्य रहेको बताउनुभयो ।उहाँले भालुवाङमा प्रदेश राजधानी भएसंगै धनचौरलगायत दक्षिणी क्षेत्रको विकासले गति लिने पनि बताउनुभयो ।सडकको स्तरोन्नती, स्वास्थ्य र शिक्षासंगै हरेक क्षेत्रमा आमनागरिकले प्रत्यक्ष लाभ लिने गरि विकास हुने उहाँको दाबी छ ।
कमेन्ट गर्नुहोस !