शितगंगाका प्रमुख प्रशासकीय अधिकृत खनाल प्रधानमन्त्रीबाट सम्मानित

सागर महत /अर्घाखाँची ।निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन,अर्घाखाँचीका पूर्व अध्यक्ष झविन्द्र खनाल उत्कृष्ट तथा रचनात्मक क्रियाकलाप संचालन गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवा बाट सम्मानीत हुनुभएको छ । काठमाण्डौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो।

हाल अर्घाखाँचीको शितगंगा नगरपालिकाको प्रमुख प्रशासकीयमा कार्यरत खनालले लोकसेवाको तयारीमा रहेकाहरु लाई निशुल्क कक्षा संचालन लगायतका गतिविधि सदरमुकाम सन्धिखर्कमा सन्चालनले लोकप्रियता बटुल्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close