थप २९ सय ३३ जनामा कोरोना पुष्टि, २४ को मृत्यु

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको १ लाख ७६ हजार ५सय पुगेको छ ।यस्तै बितेको २४ घण्टामा ३ हजार १ सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म १ लाख ३७ हजार ९ सय ९२ जना निको भएका छन् । अब सक्रिय सङ्क्रमितको संख्या ३७ हजार ५ सय २४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणका बाट
हाल सम्म मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !