दाहाल–नेपाल समूह निकट अनेमसंघद्वारा सन्धिखर्कमा विरोध ¥याली

अर्घाखाँची ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह निकट अखिल नेपाल महिला संघ अनेमसंघ ले प्रतिनिधि सभा विघटनको विरोधमा अर्घाखाँचीमा ¥याली निकालेको छ।विशेष गरि प्रतिनिधि सभा विघटन गर्ने असंबैधानिक कदम का विरुद्ध संघर्ष गरौं ,प्रतिगमन , महिला,हिंसा हत्या र बलात्कारका विरुद्ध एक हौं भन्ने मुल नाराका साथ सन्धिखर्क मा बिरोध र्याली गरिएको हो ।सन्धीखर्कको शान्ति बगैंचा बाट निस्किएको बिरोध र्याली बजार परिक्रमा प्रश्यात पुन शान्ति बगैंचामा पुगि कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई नेकपाकि प्रदेश सदस्य तथा महिला नेतृ छमकुमारी खनाल चिनारी , अखिल नेपाल महिला संघ जिल्ला आन्दोलन संघर्ष समिति कि जिल्ला संयोजक सुनिता बेल्बासे, सहसंयोजक माधबा घिमिरे तथा महिला नेतृ सुमित्रा मुखियाले सम्बोधन गरेको कार्यक्रम को संचालन राधा नेपालीले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !