निर्धारित नारा मात्र लगाउन निर्देशन

प्रतिनिसभा विघटनविरुद्ध आन्दोलरत नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले आज राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । घोषित आन्दोलनको कार्यक्रमअन्तर्गत प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शन गर्न लागेको हो ।
राजधानीका विभिन्न ठाउँमा निस्कने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउन उक्त समूहले कार्यकर्तालाई निर्देशन दिएको छ । केन्द्रीय संघर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ ।

रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

विरोधसभा शुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेश भट्टराईलगायतले नेतृत्व गर्नेछन् ।

विरोध सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने छन् ।नेपाल समाचारपत्र

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close