अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २जनाको मृत्यु

सागर महत,माघ २०अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका जिप दुर्घटना हुँदा २जनाको मृत्यु भएको छ।
वडा नम्बर २ उपल्लाे ढाकावाङ्ग स्थित थापाडाडामा लु१ज १६७९ नम्बरको जिप दुर्घटना दुर्घटनामा हुँदा २ जनाकाे घटनास्थलमै मृत्यु भएको भुमिकास्थान नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष गोपाल खनालले जानकारी दिनुभयो।

दुर्घटनामा सन्धिखर्क नगरपालिका ८ कि ४२ वर्षिया पुष्पा आचार्य र भुमिकास्थान नगरपालिका वडा नम्बर २ कि ३५ वर्षिया देबा बेल्बासेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विक्रम रिजालले बताउनुभयो ।
यस्तै घाइते हुनेमा पाणिनी गाउँपालिका वडा नम्बर १ कि कोपिला पोख्रेल खनाल र उनका ३ वर्षिय छोरा सर्मिक पोख्रेल घाइते भएका छन ।
घाइते दुबै जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।सदरमुकाम सन्धिखर्कका लागि आज बिहान छुटेको जिप चालकको लापरर्बाहीका कारण दुर्घटनामा परेको हो ।जिप सडक देखि १५० मिटर तल खसेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close