गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी ।गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।शुक्रबार राति गौंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु १ २३ प ५०६७ नम्वर मोटरसाईकल गुल्मी दरबार गाउँपालिका सात घुम्तीमा दुर्घटनामा परेको हो ।दुर्घटनामा परी सोही स्थानका अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए । उनको जिल्ला अस्पताल गुल्मीमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल सडक सुरक्षा वालमा ठोक्किएर सडकबाट करिब ३ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।सल्लेरी खबर

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close