डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा विश्व वातावरण दिवसमा वृक्षारोपण

अर्घाखाँची ।विश्व वातावरण दिवसको अवसरमा डिभिन कार्यालय अर्घाखाँचीको आयोजनामा भुमिकास्थान नगरपालिका वडा नम्बर ८ नुवाकोट पोखेडाँडामा वृक्षारोपण गरिएको छ।

नेपालमा ‘दिगोप्रकृतिमैत्री जीवनयापनः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार विश्व वातावरण दिवस मनाइएको छ ।

जसअन्तर्गत विभिन्न किसिमका विरुवा वृक्षारोपण गरेर दिवस मनाइएको डिभिन वन कार्यालय अर्घाखाँचीले जनाएको छ । कार्यक्रममा डिभिजनल वन कार्यालय अर्घाखाँचीका प्रमुख ईश्वरीप्रसाद पौडेल ,सहायक वन अधिकृत मोतीराम पौडेल,यादव सापकोटा,शिला पोखरेल ,भुमिकास्थान नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ लगायतको सहभागीतामा रहेको थियो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close