लुम्बिनी सभामुखमा घर्ती मगर निर्विरोध निर्वाचित,उपसभामुखमा कांग्रेसको पनि उम्मेदवारी

बुटवल। लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुख पदको मनोनयनको समय सीमाभित्र घर्तीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यस्तै प्रदेशको उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सत्तारूढ दलको गठबन्धनका तर्फबाट उपसभामुखमा राप्रापाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ । सभामुख र उपसभामुखमा भोलि मङ्गलवार मतदान हुने कार्यक्रम तय भएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close