दलहरुले पठाएको विवरणमा त्रुटि छैनःनिर्वाचन आयोगले भन्यो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा त्रुटि नरहेको बताएको छ ।

आयोगका समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पठाएको नाम सच्याउनुपर्ने नदेखिएको बताउनुभएको हो ।

दलहरुले समानुपातिकतर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सिट संख्या तोकेर नाम पठाउन दलहरुलाई पत्राचार गरेको थियो । त्यसपछि शनिबार दलहरुले आआफूले पाएको सिटमा नाम पठाएका थिए ।

‘प्रतिनिधि सभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनैपनि सच्याउनुपर्ने अवस्था छैन । प्रदेशसभामा पेश गरेको नाममा भने केही त्रुटि देखिएको सहप्रवक्ता वाग्लेले बताउनुभयो । अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरेको, मुस्लिममा १ नम्बरको सिफारिस नगरेर २ नम्बरको प्राथमिकताक्रममा रहेको व्यक्तिलाई सिफारिस गरेको, अल्पसंख्यक पुगिसकेपछि फेरि अल्पसंख्यककै समूहको व्यक्ति सिफारिस गरेको पाइएको आयोगले बताएको छ ।

त्यस्तै अल्पसंख्यक एक जना हुनुपर्नेमा दुई जनाको नाम सिफारिस गरेको, खस आर्यको पहिलो प्राथमिकताक्रमको सिफारिस गर्नुपर्नेमा दोस्रो प्राथमिकता क्रमको सिफारिस गरेको, ७ जना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरेको, महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस गरेको पनि भेटिएको वाग्लेले बताउनुभयो।

यस्ता त्रुटि सच्याउन दलहरुलाई मंसिर २६ गते दिउँसो ४ बजेसम्मको समय दिएको पनि सहप्रवक्ता वाग्लेले बताउनुभयो ।

nepalinetwork

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close