बुटवलमा पूर्वराजाको पक्षमा जनप्रदर्शन

पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा बुटवलमा ठूलो जनप्रदर्शन र र्‍याली निकालिएको छ ।मुलुकमा राजनीतिक खिचातानी बढिरहेका बेला बीर गोर्खाली अभियानको आयोजनामा मोटरसाइकल र्‍याली निकालिएको हो । रुपन्देहीको मणिग्रामबाट निकालिएको र्‍यालीमा सयौं मोटरसाइकल सहभागी भएका थिए । पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको तस्बिर छापिएका टिसर्ट लगाएका युवाहरु राष्ट्रिय झण्डा बोकेर र्‍यालीमा सहभागी थिए ।देश र श्रीपेचको रक्षाका लागि र्‍याली निकालिएको आयोजक बीर गोर्खाली अभियानले जनाएको छ । मणिग्रामबाट निस्किएको र्‍याली बुटवलको गोलपार्क परिक्रमा गरी ट्राफिकचोकमा आइ कोणसभामा परिणत भएको थियो । कोणसभामा कार्यक्रम संयोजक बसन्त विक्रम पाण्डेले राष्ट्रिय एकता र राष्ट्र बचाउन सडकमा निस्किएको बताए ।यस क्रममा हिन्दु राष्ट्रको पुर्नस्थापना समेत माग गरिएको थियो । र उक्त अभियान देशव्यापी चलाइने बताइएको छ । कोणसभामा अभियानका रुपन्देही संयोजक प्रविन थापा, डिल्लीराज खनाल लगायतले बोल्दै राजसंस्था र हिन्दु राष्ट्रका लागि अभियानमा सहभागी हुन सबैलाई अपिल समेत गरे । मुलुकको निकासका लागि पुन राजसंस्थाको विकल्प नभएको उनीहरुको जिकिर छ ।अन्नपुर्ण पुर्ण पोष्ट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close