चामलको मूल्य प्रतिक्विन्टल २० हजार रुपैंयाँ

रुकुम पश्चिम । सरकारी ढुवानी अनुदानको चामल दुई बर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महंगी अचाक्ली बढेको छ ।माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार रुपैंयाँसम्ममा चामल किनेर गुजारा चलाउन बाध्य छन् ।स्थानीय उत्पादनले ६ महिना पनि नधान्दा डोल्पालीको भान्सा महंगिएको हो । अनुदानको सरकारी चामल नपुगेपछि प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैंयाँसम्म किनिरहेको डोल्पाबुद्धका पेमा गुरुङले बताए ।सडक संजालमा नजोडिएको तीनवटै गाउँपालिकामा खाद्यान्न महंगो भएको हो । यहाँ खच्चडबाट मात्रै दैनिक उपभोग्य सामाग्री ढुवानी गरिन्छ । कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close