कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा डेढ लाख नाघ्यो

कोरोना भाइरस संक्रणबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख ५० हजार नाघेको छ।
फ्लोरिडा र क्यालिफोर्नियामा पनि संक्रमण दर तीब्र छ। क्यालिफोर्नियामा बुधबार १ सय ९७ जनाको मृत्यु भयो भने फ्लोरिडामा २ सय १६ जनाको मृत्यु भएको छ। अमेरिकामा कोरोना संक्रमणबाट पहिलो मृत्यु फेब्रुअरीमा भएको थियो भने त्यसको ५४ दिनमा ५० हजार पुगेको थियो भने ३४ दिनपछि १ लाख नाघेको थियो। अर्को ५० हजार थपिएर डेढ लाख पुग्न ६३ दिन लागेको देखिएको छ।
-एजेन्सी
कमेन्ट गर्नुहोस !