चीनद्वारा बीबीसी वर्ल्ड न्युजको प्रसारण बन्द

चीनले बीबीसी वर्ल्ड न्युजको प्रसारण बन्द गरिदिएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ ।बिहिबार कोरोना महामारीका बेला गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै प्रसारण बन्द गरिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।उसले अर्को वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति स्वीकार नहुने पनि स्पष्ट पारेको छ ।बीबीसीले भने चिनियाँ सरकारको निर्णयबाट आफू “निराश“ भएको प्रतिक्रिया दिएको छ ।
कमेन्ट गर्नुहोस !