१ लाख ५२ हजार ९ सय भन्दा बढीले कोरोना जिते,थप २९०९ मा संक्रमण

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ४ हजार५ सय जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ । अब नेपालमा ३४ हजार ९ सय ५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

यता गएको २४ घण्टामा १८ को मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close