अर्घाखाँचीको शितगंगामा मगर संघ गठन

सबैको सन्देश /शितगंगा।
अर्घाखाँचाीको शितगंगा नगरपालिकामा नेपाल मगर संघको वडा समिति गठन गरिएको छ । जस अन्तर्गत वडा नम्बर ९ को सिलिङखोला गाउँमा बसेका नागरिकको भेला बाट ११ सदस्यीय वडा समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा ओकिल राना, उपाध्यक्षमा अमरसिंह रोका, सचिवमा केशव सारु, सहसचिवमा किरण रोका, कोषाध्यक्षमा मनकला बैजाली चयन हुनुभएको छ । त्यसैगरी समितिका सदस्यहरुमा केशव राना, तिलकुमारी पुन, टोपबहादुर राना, पूर्णबहादुर पुन, प्रकाश घर्ति र कुबिर पल्ली रहनुभएको छ । समितिको वरिष्ठ सल्लाहकारमा मानबहादुर सारुलाई चयन गरिएको हो ।
कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश कोषाध्यक्ष कृष्ण सारु, प्रदेश सचिवालय सदस्य टोपबहादुर बलाल, प्रदेश सदस्य ऋषि बहादुर पुलामी, जिल्ला समिति अध्यक्ष नेत्र थापा, जिल्ला समिति सदस्य जेबी दर्लामी लगायतको सहभागीता रहेको कार्यक्रममा शितगंगा नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष भिमबहादुर केसी लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !