कोरोनाबाट अर्घाखाँचीमा थप एक जनाको मृत्यु

सबैको सन्देश /अर्घाखाँची ।
कोरोना संक्रमणबाट अर्घाखाँचीमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ घर भई सदरमुकाम सन्धिखर्कको मेनरोडमा ईलेक्ट्रिक व्यवसाय गर्दै आएका ३६ बर्षिय प्रेम विसिको उपचारको क्रममा आज मृत्यु भएको छ ।कार्तिक २४ गते स्वाव संकलन गरि २५ गते कोरोना संक्रमण पुष्टि भएका बिसीको उपचारको क्रममा आज बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।२९ गते भैरहवा मेडिकल कलेजमा भर्ना भएका बिसीलाई आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन ।
कमेन्ट गर्नुहोस !