विद्यालयमा क्वारेन्टिन र आइसोलेसन नराखिने

सञ्चार-सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्त्ता डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिए । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले उक्त्त जानकारी दिएका हुन् ।
क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने र त्यसलाई निर्मलिकरण गर्ने निर्णय भएको हो ।
कमेन्ट गर्नुहोस !