जुवाको खालबाट अर्घाखाँचीको शितगंगा ८ का वडाध्यक्ष सहित ७ जना पक्राउ

जुवाको खालबाट अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुकेश आले दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा जुवाको खालबाट पक्राउ परेका छन। राप्ती फेमिली रेस्टुरेन्टबाट वडाध्यक्ष आलेसहित ७ जना १लाख ४६ हजार नगदसहित सोमबार १ बजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जनाएको छ ।४२ वर्षीय वडाध्यक्ष आले पक्राउ परेका अरू जुवाडेसँगै जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा छन्।

यस्तै उनी सहित पक्राउ पर्ने अन्य व्यक्तिहरूमा प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर ३ का ५० वर्षीय चुमानसिंह सुनार र ३५ वर्षीय अली साह, सरुमारानी वडा नम्बर १ का २४ वर्षीय एडिस मिया, ४० वर्षीय अकबर हुसेन मिया र ४४ वर्षीय कृष्णबहादुर रानाका साथै रेस्टुरेन्ट सञ्चालक राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया निवासी २१ वर्षीय यमबहादुर राना छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close