गुल्मीमा मालिका मेला सम्पन्न

हुकुम थापा/ गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घामा मालिका मेला सम्पन्न भएको छ । धार्मिक ऐतिहासिक एवंम पर्यटकीय स्थल मालिका मेला प्रत्येक वर्षामा लाग्ने गर्दछ । प्रत्येक वर्षाको शिव बैकुण्ठ चर्तुदर्शीमा उक्त मेला हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले जानकारी दिनुभयो । मालिका मेला विगतका वर्षामा भव्यताका साथ मनाउदै आयता पनि कोरोना भाइरसले गर्दा विगतको वर्षा जस्तै अहिले मनाउन नसकिएको पुरुष भलिबल प्रतियोगिताका सचिब सुनिल सिङ्ग ठकुरीले बताउनुभयो ।
मालिका महोत्सवमा विभिन्न प्रकारका मेला लाग्नुका साथै खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा १५ टिमको उपस्थित रहेको थियो । जसमा रोयल गोर्खाज होटल गलकोट बाग्लुङ्ग ए प्रथम र रोयल गोर्खाज होटल गलकोट बाग्लुङ्ग वी गलकोट द्धितिय भएको खेल संयोजक पदम थापाले बताउनुभयो । प्रथम हुनेले खसि मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए भने द्धितिय हुनेले बोका मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । उत्कृष्ठ खेलाडीमा ए बाट रोजन थापा र अनुशासन खेलाडीमा वी बाट रोशन मल्ल ठकुरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रयको प्रथम पुरुषकार चाम बहादुर विश्वकर्माका छोरा सन्तोस र रेशम विश्वकर्माले प्रदान गर्नुभएको थियो भने द्धितिय पुरुषकार मालिकाका स्थानीय स्रोतबाट प्रदान गरिएको थियो । अनुशासन तथा उत्कृष्ठ पुरुषकार कुर्घा ६ खिरपाटा निवासी लक्ष्मण परियारले शौजन्य गर्नुभएको थियो । कप, मेडल कुर्घा ६ माजगाउँ निवासी प्रकाश वि कले शौजन्य गर्नुभएको थियो । आगमि वर्षामा विविध कार्यक्रमका साथ मेला गरिने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close