शारीरिक अपाङ्गता भएका बालबालिकाको अधिकारको लागि निरन्तर लागि परेका छौःआचार्य

विकलांग मित्र समुह अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजनाले सन्धिखर्क शाखाको आयोजनामा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ। जस अन्तर्गत २९ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा डिभर्ना स्वास्थ्य चौकीलाई दराज, फीजियो टेबल, बर्थिङ सेट, ह्वील चियर लगायतका सामाग्री हरु प्रदान गरिएको परियोजना प्रमुख लेखनाथ आचार्यले जानकारी दिनुभयो।उहाँका अनुसार अपांगता भएका ब्यक्ती लाई सबैले हेर्ने दृष्टीकोणमा समान अधिकार होस अर्घाखाँचीका ६ वटा स्थानीय तहमा परियोजनाले अपांगता भएका ब्यक्ती लाई दिनु पर्ने अधिकार अहिले सम्म दिन नसकेको तर त्यसको अधिकारी प्राप्तको लागि निरन्तर लागि परेको परियोजना प्रमुख आचार्यको भनाई छ ।
हाल सम्म जिल्लामा ३ सय ५५ भन्दा माथि बालबालीकाको नयाँ जिवन दिन सफल परियोजनाले नगरपालिका र गाउँपालिकाका टोल स्तरमा पुगेर शारीरिक रुपमा अपाङ्गता भएका १८ वर्ष भन्दा मुनिका बालबालीका लाई उपचार गर्न अस्पताल सम्म पुराउन सफल रहेको बताउदै,अब थप कार्यक्रम सहित अधिकार प्राप्तीको लागी पर्ने समेत उहाँले बताउनुभयो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले डिभर्ना स्वास्थ्य चौकी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा सस्थालाई धन्यवाद दिनु भएको हो ।
कार्यक्रमा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले फरकपनको काम गर्न सफल रहेको बताउनु भयो । कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रबक्ता लिलाराम गौतम, महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाका बेलकुमारी परियार, सन्धिखर्क नगरपालिका ११ का वडा सचिव पुस्करनाथ आचार्य, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य , समाजसेवी बाबु खड्का, डिभर्ना स्वास्थ्य चौकीका इन्चार्ज छविलाल भुसाल लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।
कार्यक्रम सन्धिखर्क ११ का वडा अध्यक्ष ध्रुबराज आचार्यको अध्यक्षता, महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाका पुस्पा भुसालको सञ्चालन र सक्षम परियोजनाका रक्षा पाण्डेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !