शान्ति समाज अर्घाखाँचीको शान्तिपुर्ण प्रर्दशन सन्धिखर्कमा

सबैको सन्देश/ अर्घाखाँची ।
आणविक अस्त्र रहेसम्म यो व्यारो धर्तीमा कोही सुरक्षित छैनन भने मुल नाराका साथ सन्धिखर्कमा शान्तिपुर्ण प्रर्दशन भएको छ । मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाको आयोजनामा भएको कार्यक्रममा मुख्यतय आणविक अस्त्र उन्मुलनका सस्थाले शान्ति पुर्ण कार्यक्रम शान्ति बगौंचामा गरिएको संस्थाका सभापति अशोक पौडे्लले जानकारी दिनुभयो ।पछिल्लो समय आणविक हतियार निषेध सन्धी शिघ्र अनुमोदन र आणविक अस्त्ररहित विश्वका लागि आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान प्रारम्भ गरिएको हो ।
आणविक अस्त्रको विश्वव्यापी उन्मुलनका लागि मानव अधिकार तथा शान्ति समाज २५ वर्षदेखी अभियानरतमा रहेको संस्थाले पछिल्लो चरणमा सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघ आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धी ग्रहण भई २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको र आगामी २०२१ को जनवरी २२ बाट यो सन्धी लागू हुन गइरहेको छ । यो सन्धीले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ ।
यो सन्धी आणविक अस्त्रको पूर्ण उन्मूलनतर्फ उन्मुख भएको हुँदा विश्व शान्तिका लागि कोशेढुंगो मानिएको बताईएको छ।
८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो महासन्धीमा नेपालले हस्ताक्षर गरेता पनि हालसम्म अनुमोदन गरेको छैन भने आणविक अस्त्र भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले अझैसम्म अनुमोदन गरेका छैनन् ।
कमेन्ट गर्नुहोस !