मुस्लिम समुदायको सचेतना मुलक कार्यक्रम सन्धिखर्कमा हुँदै

अर्घाखाँची ।सन्धिखर्कमा मुस्लिम समुदायको सचेतना मुलक तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।मुस्लिम समुदायहरुको आयोजनामा जन–सचेतना मुलुक कार्यक्रम र एक अर्का बिच मुस्लिम समुदाय भित्र रहेका समस्या र चुनौतीहरुका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको बताइएको छ ।कार्यक्रम लाई सम्बोधन गर्न आयोगका केन्द्रीय अध्यक्ष समिम अन्सारी आउने बताइएको छ ।कार्यक्रम सन्धिखर्कमा रहेको डायमण्ड होटलमा फाल्गुन १७ गते बिहान १०ः३० देखि सुरु हुने छ ।
कार्यक्रममा सहभागी हुनको लागि सम्बन्धीत समुदाय र जनप्रतिनिधी, विभिन्न राजनितिक दलका प्रतिनिधी,संचारक्रमी लगायत लाई सहभागी हुन समेत अनुरोध गरिएको छ ।
कमेन्ट गर्नुहोस !