लाल पुर्जा १६ वर्ष पछि पाउँदा छत्रदेवका नागरिक खुशी (फोटोफिचर)

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा लालपुर्जा शुक्रबार वितरण गरिएको छ ।वितरण गाउँपालिकाको वडा नम्बर नम्बर २ बल्कोट र ४ केरुंगाकाका स्थानीयहरु द्वन्द्व कालमा जलेर नष्ट भएका लाल पुर्जा १६ वर्ष पछि पाउँदा खुशी भएका थिए ।
शुक्रबार १ सय भन्दा बढि लालपुर्जा वितरण गरिएको थियो । केरुंगामा १ हजार १ सय ३५ र बल्कोटमा ६ सय २५ लालपुर्जा वितरण गरिने विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम बहादुर रानाले जानकारी दिनुभयो ।
वितरण कार्यक्रममा पुर्व उपप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य टोप बहादुर रायमाझी, नेपाली काँग्रेस की प्रतिनिधि सभासदस्य पुष्पा भुसाल ,राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, प्रदेश सभा सदस्य चेतनारायण आचार्य, निर्मला क्षेत्री, जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसाल, सन्धिखर्क नगरपालिका प्रमुख, कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, छत्रदेव गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, विशेष नापी कार्यालय अर्घाखाँची प्रमुख खिम बहादुर रानाको लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !