अर्घाखाँची पाणिनिको डल्ले रहमा पुल बन्ने भएपछि स्थानीय हर्षित

प्रेमनारायण आचार्य /अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनि गाउँपालिकामा रहेको डल्ले रहमा पुलको शिलान्यास भएपछि स्थानीयहरु हर्षित भएका छन् ।
झन्द्रेक, धातिबांग, नेटापोखरा, देउराली सडको डल्लेरहमा सडक पुर्बाधार बिकास कार्यलय अर्घाखाँचीले २ करोड ६२ लाख ९६ हजार नौ सय ८१ रुपैयाको लागतमा पुल निर्माण गर्न थालेको हो ।निर्मँण हुन थालेको पुलको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले शिलान्यास गर्नु भएको छ ।

पुलको उद्धाटन समारोहमा मन्तब्य राख्दै मन्त्री चौधरीले सडक पुर्बाधारको क्षेत्रमा अर्घाखाँचीलाई नमुना जिल्ला बनाउने गरी काम अगाडी बढेको बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय सरकार बिच तालमेल नहुँदा काम गर्न अफ्ठेरो भएको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, संबिधान सभा सदस्य नजिर मिया, प्रदेश सांसद चेतनारायणआचार्य, रामजी प्रसाद घिमिरे, पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेल, पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, सडक पुर्वाधार बिकास कार्यलयका निर्देशक भिमार्जुन पाण्डे, सडक पुर्बाधार बिकास कार्यलय अर्घाखाँचीका प्रमुख विनोद चौधरी, नेपाली कांग्रेसका नेता मणिराम पौडेल , तुल्सी पौडेल , नेकपाका नेता जीवनारायण कोइराला, वडा अध्यक्षहरु जीवलाल घिमिरे, गुणखर अधिकारी, प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका प्रमुख रामकृष्ण महर्जन, अनुसन्धान अधिकृत विनय चतुबेर्दी , पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम पाणिनि गाउँपालिका ६ का अध्यक्ष शुभ बहादुर सारुको अध्यक्षता र घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !