नेपाली कांग्रेस सन्धिखर्क १२ द्वारा शोक सभा कार्यक्रम सम्पन्न

समान्ता पाण्डे /सन्धिखर्क

नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका वडा न १२ को आयोजना स्वर्गीय लाल प्रसाद श्रेष्ठको सम्झनामा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसका सकृय कार्यक्रता दुर्गा प्रसाद श्रेष्ठ र खुम प्रसाद श्रेष्ठका पुजनिय पिता तथा सकृय युवा कार्यक्रता उमेश श्रेष्ठ , सुरेन्द्र श्रेष्ठ र सन्जय श्रेष्ठका हजुर बुवा स्वर्गीय लाल प्रसाद श्रेष्ठको १० औ दिनको पुन्य तिथीमा शोक सभा कार्यक्रम सम्पन्न गरिएको हो ।
शोक सभामा नेपाली काङ्ग्रेस पुर्व पार्टी जिल्ला कोशाध्यक्ष हरि बहादुर खड्का ,जिल्ला समन्वय समिती सदस्य झम्मन कुमारी श्रेष्ठ ,नेपाल तरुण दल जिल्ला अध्यक्ष तथा सनपा १२ वडा अध्यक्ष नारायण खाड्का , , नगर कार्यपालिका सदस्य हिमकला टमटा , सनपा १२ वडा सदस्य बाबुराम बस्याल , नेपाली काङ्ग्रेस पुर्व क्षेत्रीय कोसाध्यक्ष छन्दलाल श्रेष्ठ लागायतको उपस्थिति रहेको थियो ।
शोक सभा मन्तब्य राख्दै पुर्व पार्टी कोसाध्यक्ष हरि बहादुर खड्काले स्वर्गीय श्रेस्ठको निधनले पार्टीलाई अपुरणिय क्षेती भएको बताउनु भयो ।
त्यस्तै नेपाल तरुण दल जिल्ला अध्यक्ष खड्काले शोक बक्तब्य राख्दै स्वर्गीय बुवा श्रेष्ठको निधनले समाजले असल , कर्तव्यनिष्ठ ब्यक्ती गुमाएको उद्घोष गर्नु भयो ।
त्यस्तै पुर्व क्षेत्रीय कोसाध्यक्ष छन्दलाल श्रेष्ठले असल प्रेरणाको श्रोत गुमाउन पुगेको बताउदै उहाँको मार्गदर्शन , पार्टी प्रतिको आस्था र चिन्तन सबैले आत्मसाथ गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
त्यस्तै नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका वड न १२ का वडा सभापती लिलाधर बस्यालले स्वर्गीय बुवा श्रेष्ठ प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै नेपाली काङ्ग्रेसले आज एउटा असल अभिभावक गुमाएको बताउदै उहाँले पार्टीमा पुराएको योगदानको चर्चा गर्नु भयो । सभापती बस्यालले स्वर्गीय बुवाको आदर्शलाई पार्टी पंक्तिले सधै अनुसरण गर्ने बताउनु भयो । शोकसभा नेपाली काङ्ग्रेस वार्ड सभापती लिलाधर बस्यालको सभापतित्व तथा सचिव तारा प्रसाद बस्यालको सन्चालनमा सम्पन्न भएको हो । स्वर्गीय लाल प्रसाद श्रेष्ठको निधन मङ्सिर २४ गते झेडी आफ्नै निवासमा भएको थियो । श्रेष्ठका २ छोरा र ३ छोरी हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close