गुल्मीमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयो, दुई बेपत्ता

सबैको सन्देश ।
गुल्मीमा पहिरोले घर बगाउदा दुईकोे मृत्यु भएको छ । भने दुई बेपत्ता भएका छन । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नं. ५ टाहाटिम आटिपाटामा पहिरोले घर बगाउदा एकै घरका दुई जनाको ज्यान गएएको छ भने दुई जना बेपत्ता भएका छन । स्थानीय राजु बोटेको घर पहिरोले बगाउदा दुई जनाको ज्यान गएको वडा अध्यक्ष हरि ज्ञवालिले जानकारी दिए । मृतकको संख्या बढन सक्ने वडा अध्यक्ष ज्ञवालीले उल्लेख गरेका छन साथै मृतकको पहिचान हुन सकेको छैन ।

अहिले उद्दारका लागि इलाका प्रहरी चौकी रिडि र इलाका प्रहरी चौकी जोहाङ्गको टोलि घटना स्थलतर्फ प्रस्थान गरेको छ । अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गई सडक अबरुद्ध हुँदा उदारमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय गुल्मिले जनाएको छ । घटनाबारे थप बिवरण आउन बाँकी छ ।
पत्रकार डिबी खड्काको सहयोगमा

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close