यी हुन् नयाँ मन्त्री, यी मन्त्रीको जिम्मेवारी हेरफेर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरी जिम्मेवारी समेत तोकेका छन्। केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरूको जिम्मेवारीसमेत तोकेका हुन्। नयाँ मन्त्रिपरिषद्मा टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ। मणि थापा खानेपानी खानेपानी मन्त्री भएका छन्। प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारीमा लगिएको छ भने प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री बनेका छन् गौरीशंकर चौधरी श्रममन्त्री भएका छन्। दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। जुली कुमारी महतोलाई महिला बालबालिका मन्त्री बनाइएको छ भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री भएकी छन्।मन्त्रीपदमा नियुक्त भएकाहरूले शुक्रबार साँझ राष्ट्रपतिबाट सपथ लिएका छन्।
यस्तै केही मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर भएका छन्। स्वास्थ्यको जिम्मेवारीमा रहेका भानुभक्त ढकाल पर्यटन मन्त्री भएका छन्। हृदयेश त्रिपाठीलाई स्वास्थ्यमन्त्री बनाइएको छ।
कानुनमन्त्री रहेकी डा शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी तोकिएको छ। लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेपाललाइभबाट
कमेन्ट गर्नुहोस !