बलात्कारी खै’ टिसर्ट लगाएकै भरमा जेल हाल्नु नै सरकार हत्याको साक्षीःसचेतक भुसाल

सागर महत /अर्घाखाँची ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलकी सचेतक पुष्पा भुसालले वर्तमान केपी ओलीको सरकार तानासाही सरकार भएको आरोप लगाउनुभएको छ ।प्रधानमन्त्री जस्तो व्यक्तीले धनगढीको कार्यक्रममा निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएकै भरमा सहभागी युवाहरुलाई प्रहरीले पक्राउ गरी जेल हाल्ने सरकार कायर भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर २ ले आयोजनामा नरपानीमा गरेको विरोध सभा लाई सम्बोधन कार्यक्रममा भुसालले यस्तो बताउनुभएको हो ।अर्के तर्फ सरकार निर्मला हत्याको साक्षी रहेको बताउदै केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारको दलदलमा फसेको पनि बताउनुभएको छ। यस्तै भ्रष्टाचार, अनियमितता, घटना पनि पछिल्लो समय बढिरहेको तर सरकार उदासिन बनेको उहाँले आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा परित्याग गरेका शितगंगा नगरपालिका ४,५,६ र ११ नम्वर वडाबाट ८७ जना नेपाली कांग्रेसमा प्रबेस गरेका छन् र उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल, जिल्ला सभापति बिष्णु मुस्कान, पुर्ब सभापति कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतम लगाययतले टिका, खादा र साधारण सदस्य प्रदान गरेर पार्टीमा प्रबेश गराउनु भएको नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधव प्रसाद पौडेलले बताउनु भयो ।
कमेन्ट गर्नुहोस !