प्रचण्ड पार्टी फुटाउन र सरकार ढाल्न निरन्तर लाग्नुभएको छः उर्जामन्त्री रायमाझी

सागर महत /अर्घाखाँची ।
उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्डले पार्टी फुटाउने र ढाल्ने काममा लागेको बताउनु भएको छ अहिले सम्म करिव ८ वटा सरकार ढाल्न उहाँको मुख्य हात रहेको बताउनुभएको हो । आइतबार प्रेस संगठन अर्घाखाँची शाखाले सन्धिखर्कमा राखेको पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । यस्तै सरकारले तोकिएको समयमा चुनाव गराउने पक्षमा रहेको बताउनुभएको छ भने निर्वाचन आयोगका कारण दुई —चार महिना पछाडी जानु बाहेक सरकार निरन्तर चुनाव गराउने पक्षमा लागेको बताउनुभएको छ ।
फरक प्रसंगमा बोल्दै पछिल्लो केहि दिन यता नेपालमा लोडसेडिङ सुरु भयो भने कुरा गलत भएको उर्जामन्त्री रायमाझीको बताउनुभएको छ ।गत वर्ष भन्दा यस वर्ष विद्युत क्षमता बढी भएकोले लोडसेडिङ नभई ओभरलोड भएर धान्ने वितरण प्रणाली कमजोर छ र पुरानो सिस्टमले लोड धान्न सक्ने अवस्था नभएकोले केही समस्या आएको उहाँले बताउनुभएको छ । यस्तै आफुले उर्जा मन्त्रालयको पद समाले पछि पहिलो चरणमा अर्घाखाँचीको गौरवको योजना २ सय ४५ मेगावाट नौमुरे जलविद्युत आयोजनाको कामलाई पहिलो प्राथामिकता राखेर अगाडी बढेको रायमाझीले बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close