नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

सबैको सन्देश ।नेपालमा हाल सम्म कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।यस्तै अहिलेसम्म निको भएर ‘डिस्चार्ज’ हुनेको संख्या १४ हजार ४९२ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । नेपालमा हालसम्म कोरोनाभाइरसबाट ५६ जनाको मृत्यु भएको छ ।हाल भोजपुर, संखुवासभा, रसुवा, काभ्रेपलाञ्चोक, मनाङ र मुस्ताङ जिल्ला संक्रमणमुक्त रहेका जनाइएको छ ।
कमेन्ट गर्नुहोस !