टुँडिखेल खेल खेलाउने ठाउँ होइनः रामजीप्रसाद घिमिरे

लक्ष्मण घिमिरे/ सन्धिखर्क ।
प्रदेश सांसद रामजी प्रसाद घिमिरेले टुडिखेललाई टुडिखेलको रुपमा प्रयोग गर्नुपर्ने बताए । सन्धिखर्कको टुडिखेल खेल मैदान बन्न नसक्ने भन्दै उनले खेल मैदान बनाउन वैकल्पिक ठाउँमा काम भईरहेको बताए । सन्धिखर्कको बार्दी र अर्घाको मसुरेपाटामा खेलमैदान निर्माणाधिन रहेकाले ति स्थानहरु खेल मैदान बन्ने बताएका छन् ।
अर्घाखाँची बुलेटिन अनलाईनले सन्धिखर्कमा आयोजना गरेको टुँडिखेल स्तरोन्नतीका लागी सरोकारवालाको बैठकमा बोल्दै सांसद घिमिरेले वैकल्पिक व्यवस्था नहुँदा टुँडिखेललाई खेलमैदानको रुपमा प्रयोग गरिएको र खेलमैदान बनेपछी त्यो बाध्यता हट्ने बताए ।
यद्दपी टुँडिखेललाई पनी स्तरोन्नती गर्नुपर्ने आवश्यक्ता रहेको र शिघ्र यसलाई व्यवस्थित गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती बिष्णुप्रसाद खनाल मुस्कानले टुँडिखेलको बृहत विकास आवश्यक रहेको बताए । टुँडिखेल जिल्लाको मुटु भएकाले यस्को स्तरोन्नती र सौन्दर्यतामा जोडदिनु पर्ने उनको भनाई छ ।आफुले ५ सय युवा निर्माणाधिन काममा लगाउन सक्ने भन्दै सभापती मुस्कानले अन्य राजनितिक दल पनी यसका लागी तयार हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, जनता समाजवादी पार्टीका जिन्दक खड्का, जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु परियार, जिल्ला खेलकुद विकास समितीका जनक गैरे, अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषी भट्टराई, पत्रकार गोपाल भट्टराई, कमल बिष्ट लगायतले बोल्दै टुँडिखेलको आकार सानो भएकाले संरचना भत्काएर भएपनी बढाउनु पर्ने बताए ।
कमेन्ट गर्नुहोस !