मालपोत कार्यालय अर्घाखाँचीमा भिड बढेपछि बार छुट्याएर सेवा सुचारु

सागर महत /अर्घाखाँची ।
मालपोत कार्यालय अर्घाखाँचीमा अत्याधिक भिड भएपछि सेवा लाई प्रभावकारी बनाउनको लागि जिल्ला मा रहेका ६ वटा स्थानीय तह मध्ये तिन नगरपालिका तिन गाउँपालिकाको बार निर्धारण गरि सेवा सुचारी गरिएको छ ।

No description available.

जसमध्ये सन्धिखर्क नगरपालिका र छत्रदेव गाउँपालिकाको लागि आइतबार ,सोमबार शितगंगा नगरपालिका र पाणिनी गाउँपालिकामा मंगलबार ,बुधबार भुमिकास्थान नगरपालिका,मालारानी गाउँपालिकाको लागि बिहिबार ,सुक्रबार समय निर्धारण गरिएको बताईएको छ ।केहि दिन अघि आफ्नो कामको लागि आउनुभएका छत्रदेव गाउँपालिका वडा नम्बर ५ का स्थानीय लेखनाथ पोखरेल भन्नुहुन्छ नाम सारीको लागि आएको थिए धेरै भिडभएकोले काम समयमा भएको थिएन । अहिले पुन बार निर्धारण गरेपछि काम मा केहि सहज भएको बताउनु हुन्छ ।

No description available.

शसस्त्र द्वन्द्वको समयमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आक्रमण हुँदा लाल पुर्जा जलेर नष्ट भएपछि जिल्लानै नक्साविहीन बनेको थियो ।केहि वर्ष यता विशेष नापी कार्यालयले पुर्जा वितरण सुरु गर्न थालेपछि हाल सम्मका जिल्ला भरका ६१ वटा वडा मध्ये २३ वटा वडाका नाप जाँच मालमोत कार्याललाई बुझाईसकेकाले मालपोतमाभएका पुराना श्रेष्ता ठेली,नामसारी,राजीनामा,दाखीला खारेजी,अङसबन्डा ,सट्टी पट्टी लगायतका सेवा लाई हाल साविक गर्नु पर्ने सेवा नयाँ प्रवृधी बाट गरिएको मालपोत कार्यालय अर्घाखाँचीका प्रमुख ताराप्रसाद पोखरेलले बताउनुभयो

No description available.

यहाँका नागरिकले सहज र अझै सरल तरिकाले कामको अपेक्षा गरिरहेका छन ।समयमा काम नहुनु प्रमुख कारण कर्मचारी अभाव पनि मुख्य कारण देखिएको छ । यसमा सम्बन्धीत निकायले समयमै ध्यान दिन जरुरी छ ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close