अब म झुक्दिनँः प्रचण्डद्वारा थप संघर्षको संकेत

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताउनुभएको छ ।
दाहालले अहिलेको आन्दोलन शाकाहारी जस्तो भएकाले लाठी खाने खालको उत्तेजित आन्दोलन गर्न युवा–विद्यार्थीलाई उक्साउनु भएको छ भने ‘सिंह जस्तै गर्जेर प्रतिक्रान्तिकारी हल्लिनुपर्छ,’ प्रचण्डले भने,‘किन किन के चिलाएको हो टाउको चिलाएको छ, लाठी खान मन छ योपटक ।’ उहाँले विगतमा गिरिजाप्रसाद कोइरालाले पनि आन्दोलनका क्रममा लाठी खाएको स्मरण गर्दै आफू पनि तयार भएको बताउनुभएको हो ।काठमाडौंमा आफूसम्बद्ध अनेरास्ववियुको भेलामा प्रचण्डले यस्तो बताउनुभएको हो ।विशेष गरि माघ ९ गते उपत्यकामा नेकपाको प्रचण्ड माधव समूहले शक्ति प्रदर्शन अवसरमा प्रचण्डले फरक प्रतिक्रिया समेत दिनुभएको थियो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close