केपी सरकारले गरेको संसद विघटन संविधान विपरित छः पार्टी सभापति खनाल

विक्रम पाण्डे समान्ता/ अर्घाखाँची ।
सरकारका गलत कृयाकलापका विरुद्ध नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडा नम्बर १२ ले बिरोध प्रदर्शन र बिरोध सभा सम्पन्न गरेको छ ।नेपाली कांग्रेस केन्द्रिय कमिटीद्धारा पूर्व घोषित कार्यक्रम अनुसार देशका प्रत्येक वडाहरुमा विरोध कार्यक्रम गर्ने निर्देशनलाई आत्मससाथ गर्दै सन्धिखर्क १२ ले पनि सरकारको असंबैधानिक कदम बिरुद्ध बिरोध प्रदर्शन गरेको हो ।विरोध कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेस जिल्ला पार्टी सभापति विष्णु प्रसाद खनाल मुस्कानले केपी सरकारले गरेको संसद विघटन संविधान विपरित , जनताको भावना विपरित भएको बताउनु भएको छ । उहाँले लोकतन्त्र नै समाप्त पार्ने खेलमा ओली सरकार लागेको आरोप लगाउँदै सरकारको गलत कृयाकलापका विरुद्ध कांग्रेस डटेर सामाना गर्ने बताउनु भयो ।
कार्यक्रममा क्षेत्र नम्बर १ का सभापति केशवराज कुँवर ,नेपाल तरुण दल अध्यक्ष तथा स।न।पा। १२ वडा अध्यक्ष नारायण खड्का , पुर्व क्षेत्रीय कोषाध्यक्ष छन्दलाल श्रेष्ठ , साविक डिभर्ना गाविस पुर्व सभापति राम बहादुर बस्याल , महिला नेतृ गोमा श्रेष्ठ , नेपाली जन संपर्क समिति भारतका प्रतिनिधी गोविन्द बहादुर खड्का लगायतका मन्तब्य राख्नु भएको थियो ।कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति आमन्त्रीत सदस्य महमत गनी , प्रचार विभाग प्रमुख माधव पौडेल , पूर्व पार्टी कोषाध्यक्ष हरी बहादुर खड्का , पूर्व जिल्ला सदस्य विष्णु बहादुर शाह , जिल्ला समन्वय समिति सदस्य झम्मन कुमारी श्रेष्ठ , विभिन्न भातृ संस्थाका प्रमुख एंव प्रतिनीधि लगायत हजारौँ जनमानसको उपस्थिती रहेको थियो । पार्टी कार्यालय सल्लिकोटबाट सुरु भएको विरोध प्रदर्शन झेडी हुँदै डिभर्ना पुगी पुन झेडी बजारमा आई कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा पत्यिाग गरी १५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नव प्रबेशीहरुलाई पार्टी जिल्ला सभापति विष्णु प्र खनाल मुस्कानले पार्टीको साधारण सदस्यता प्रदान गर्दै नेपाली कांग्रेसमा प्रबेश गराउनु भयो । कम्युनिष्ट सरकार जनता प्रति उत्तरदायित्व नबनेको , भष्ट्रचारमा लिप्त , जनताको भावनालाई कुल्चेर संविधान विघटन गरी नेपाली जनताको मताधिकार माथि खेल्ल खोजेकोले नेकपा परित्याग गरेको बताएका थिए ।
विरोध कार्यक्रम नेपाली कांग्रेस सनपा १२ का वार्ड सभापति लिलाधर बस्यालको सभापतित्व , उपसभापति मेख बहादुर थापाको स्वागत मन्तब्य तथा विक्रम पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
त्यस्तै , सरकारका गलत कृयाकलापका विरुद्ध नेपाली कांग्रेस पाणिनि गाउँपालिका वडा नं। ८ पालिले पनि बिरोध प्रदर्शन र बिरोध सभा सम्पन्न गरेको छ । विरोध सभाको संवोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस पार्टि जिल्ला उपसभापति शान्ता भण्डारीले ओली सरकारले पौष ५ गते गरेको संसद विघटन इतिहासकै कालो दिन भएको बताउनु भयो । उहाँले नेपाली कांग्रेस सरकारका गलत कृयाकलापका विरुद गाउँगाउँबाट आवाज उठाउने उद्घोष समेत गर्नुभयो ।
पालिमा सम्पन्न कार्यक्रम नेपाली कांग्रेस पाणिनि ८ का सभापति यज्ञ प्रसाद पौडेलको सभापतित्व , सचिव खवर मियाको संचालनमा सम्पन्न भएको थियो । विरोध कार्यक्रममा चोपलाल खनाल , नुरमहमत अलि , मधु पन्थ लगायतले मन्तब्य राखेका थिए । पालिमा नेकपा परित्याग गरी ७ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
कमेन्ट गर्नुहोस !