नेकपा विप्लव अर्घाखाँचीद्वारा भोली बन्द

सबैको सन्देश /सन्धिखर्क ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले पार्टी केन्द्रीय सचिवालय सदस्य एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला र सम्पूर्ण आस्थाका राजबन्दीहरुलाई रिहाइका लागी माग गर्दै माघ १० गते देशभर बन्द गरेको छ ।यस्तै पार्टीले आयोजना गरिएको नेपाल बन्द सफल पार्न अर्घाखाँची जिल्लाबासीलाई समेतअपिल गरिएको छ ।
जिल्ला इन्चार्ज कमल केसी र सेक्रेटरी माहुरीले विज्ञप्ति मार्फत जारी गर्दै बास्तोलालाई गैरन्यायिक ढंगले गिरफ्तार गरिएको भन्दै त्यसको विरुद्ध भोली (शनिबार) नेपाल बन्दलाई जिल्लास्थित शिक्षक, कर्मचारी, विद्यार्थी, पत्रकार, वकिल, बुद्धिजीवी, व्यापारी, यातायात व्यवसायीलाई बन्द गरि सहयोग गर्न समेत आग्रह गरिएको छ ।
कमेन्ट गर्नुहोस !