अर्घाखाँची बस दुर्घटना अपडेट १ को मृत्यु ,१७ जना घाईते

सागर महत ,सन्धिखर्क ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा बिहिबार बस दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शितगंगा ८ लाहापेका १३ वर्षिय प्रज्वल बुढाथोकी रहेका छन । गएराति चौराहा अस्पताल बुटवल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

सुपादेउराली दर्शन गरी दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा ४ कोप्चिबासमा दुर्घटनामा परेको थियो । घाईते सबै दाङ गढुवा १ का रहेका छन् । घाइते १७ जनाको बुटवलमा विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो । बस ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटनामा परेको बस चालक को भनाइ छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close