प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पूर्व लडाकुसँग छलफल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले ुजनयुद्धु का क्रममा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।उहाँले भन्नुभएको छ ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्व लडाकुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान र त्यागको सरकारले सम्मान गर्ने बताउनुभयो ।

भेटमा सहभागी लेनिन विष्टका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिनुभएको छ । उहाँले अघि भने, ‘धेरै विषय बाहिर नभन्ने भनिएको छ । तर हामी पार्टीमा उहाँलाई साथ दिन सहमत भएका छौं ।’

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close