कांग्रेस अर्घाखाँचीको बैठक सन्धिखर्कमा

प्रेमनारायण आचार्य/ सन्धिखर्क । धारणा राख्ने क्रम नसकिएपछि नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको समीक्षात्मक बैठक भोलि फेरी बस्ने भएको छ । बिपि स्मृति भवन सन्धिखर्कमा आज विहान देखि शुरु भएको बैठकमा नेपाली कांग्रेसले यही ८ गते ६१ वटै वडामा सरकारको असंबैधानिक कदमका बिरुद्ध गरेको बिरोध सभाको समीक्षा र भावी रणनितिका विषयमा छलफल भएको छ ।


नेपाली कांग्रेस जिल्ला कार्य समितिका पदाधीकारी, सदस्यहरु, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, संगठन विभागका सदस्य, पालिका संयोजक, सरोकारवालाको सहभागिता रहेको आजको बैठकमा ५५ जनाले आआफ्नो धारणा राखेको जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान ले बताउनु भयो ।

May be an image of 4 people, people sitting and people standing
बाकी सदस्य तथा वडा प्रतिनिधिहरुले बैठक राख्ने क्रम नसकिएपछि भोलि बस्ने गरी आजको बैठक सकिएको नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधब प्रसाद पौडेलले बताउनु भयो ।आगामी आन्दोलनका कार्यक्रम तय गरी बैठक भोलि समापन हुने नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल ९मुस्कान० ले बताउनु भयो । बैठक भोलि बिहान १० बजे देखि शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker