निर्वाचन कार्यलय अर्घाखाँचीमा चुनाव गतिविधिको चहलपल

सबैको सन्देश /अर्घाखाँची ।
जिल्ला निर्वाचन कार्यलय अर्घाखाँचीको आयोजनमा मतदाता नामावली अद्यावधिक सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न यही माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ ।सोहि बमोजिम जिल्ला निर्वाचन कार्यलय अर्घाखाँचीले पनि कार्यक्रम गरेको हो । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ । आगामी वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा गर्ने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको छ ।
आज सन्धिखर्कमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, लगायत सुरक्षा समितिका प्रमुख, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल (मुस्कान), नेकपाका जनार्दन खनाल , लगायतका राजनितिक दलका नेताहरु, कार्यलय प्रमुखहरू,सरोकारवाला लगायतको उपस्थिति रहेको थियो । निर्वाचन केन्द्रीत कार्यक्रम ,सचेतना लगाएतका कार्यक्रम चलिरहेको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !