राष्ट्रिय परीक्षा बोर्डले एसईई गर्ने

काठमाण्डौ ।यो वर्षको एसईई पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । माध्यमिक शिक्षा परीक्षा २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।२०७६ चैतमा स्थगित एसईई २०७७ जेठमा मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो ।प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
यता केहि समय पहिला एसईई सम्बन्धी विदालयले संचालन गर्ने चर्चा चलेको थियो ।
कमेन्ट गर्नुहोस !