प्रदेश ५ मा आज थप ३६ जनामा कोरोना पुष्टि

सबैको सन्देश ।
५ नम्बर प्रदेशमा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा विभिन्न जिल्लाका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।प्रदेश ५ मा हालसम्म ४ हजार ८८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ सय ४० जना संक्रमित उपचाररत छन् ।
कमेन्ट गर्नुहोस !