कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्न प्रस्ताव पेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गर्न प्रस्ताव पेस गरेको छ ।आज केद्रिय कार्यालय काठमाण्डौं मा बसेको बैठकले सो निर्णय गरेको हो । जस अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठकले ६ महिना म्याद थप्ने प्रस्ताव गरेको हो । बैठकले पार्टीको १४औं महाधिवेशन भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्न पेश गरेको छ,भने यस्तै गाउँ, नगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
५ वर्षमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भएअनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठक बिहीवार दिउँसो तीन बजे पनि बस्ने छ ।
कमेन्ट गर्नुहोस !