टाेपबहादुरलाई ओलीकाे चेतावनी : भनेकाे मान्ने कि मन्त्रीबाट हटाइदिउँ ?

काठमाडौं। कुलमान घिसिङले बसालेको थिति र विधि भत्काउदै अहिले नेपाल विद्युत् प्राधिकरण बालुवाटारको योजनामा काम हुन थालेको छ। प्राधिकरण सञ्चालक समितिमा प्रतिगमनकारी समूह पूर्ण रुपमा अल्पमतमा परेपछि विभागीय मन्त्री टोपबहादुर रायमाझीलाई समेत थाहै नदिई आजभोली बालुवाटारको निर्णय हावी हुन थालेको छ।

पछिल्लो पटक प्राधिकरण सञ्चालक समितिले लोडसेडिङको समयमा उद्योगी, व्यवसायीले प्रयोग गरेको डेडिकेटड र ट्रंक लाइनको महसुल उठाउने निर्णय गर्‍यो । लामो समयदेखि गुजुल्टिएको डेडिकेटड र ट्रंक लाइनको महसुल किस्ताबन्दीमा तिर्दा पनि हुने भन्ने प्राधिकरण सञ्चालक समितिको निर्णय रहेको छ। निर्णय गरेर बाहिर निस्कदा ननिस्कदै विभागीय मन्त्री समेत रहेका सञ्चालक समितिका अध्यक्ष टोपबहादुर रायमाझीलाई बालुवाटारबाट फोन आयो। फोनमा भनियो, म विष्णु रिमाल बोलेको, प्रधानमन्त्रीले भेटन खोज्नु भएको छ। उनले प्राधिकरण सञ्चालक समितिले गरेको निर्णय आफूलाई समेत चित्त नबुझेको र आफूले प्रधानमन्त्रीलाई समेत त्यसबारेमा जानकारी गराएको रिमालले फोनमा नै रायमाझीलाई भने। उनले तत्काल मन्त्रीज्यूलाई प्रधानमन्त्रीले भेट्न खोज्नु भएको छ भन्ने रिमालले सुनाए।

पटकपटक पत्रकार सम्मेलनमा नै दिउँसै लड्काइयो भन्ने मन्त्री रायमाझी त्यसदिन पनि साँझमै लड्काउने भन्दै बसेका थिए। मन्त्री क्वाटर पुल्चोकमा रहेको उनले पाएको घरमा सहयोगीले पाँच किलो बोइलर कुखुरो पनि ल्याएका थिए। दिउँसै लड्काउने बानी भएका रायमाझी पनि त्यसदिन मुडमा थिए। तर, बालुवाटारबाट विष्णु रिमालको फोन आएपछि भात भान्छानै छाडेर उनी बालुवाटारतर्फ दौडिए। उनको सुरक्षामा खटिएका प्रहरी तथा नेपाली सेनाका कर्मचारी समेत सँगै दौडिए। अधिकांश सुरक्षाकर्मी समेत आउट डे«समा नै थिए। मन्त्री बालुवाटार भन्दै हिँडेपछि उनीहरु पनि जुन जुन अवस्थामा थिए, सोही अवस्थामा नै दौडिए। रातको झण्डै ९ बज्न लागेको बेला उनी बालुवाटार पुगे। प्रधानमन्त्रीको प्रतिक्षालयमा रहेका रिमालले टोपबहादुरलाई देख्ने बित्तिकै सोधे, उद्योगीलाई किन डेडिकेटड र ट्रंक लाइनको महसुल उठाउन बाध्य बनाउन खोजेको ?

यस्तो हावादारी निर्णय गर्ने आँट कहाँबाट आयो, मन्त्रीज्यूलाई भन्दै हप्काए। रिमाल बोलीरहेको बेला नै प्रधानमन्त्रीका सहयोगी समेत रहेका राजेश बज्राचार्य आइपुगे। उनले समेत प्राधिकरणका कार्यकारी निर्देशकको असहमतिका बीच यस्तो बेलामा किन निर्णय गरेको भन्दै थर्काए। होइन, होइन मिलाएर नै गरिएको छ। केही समस्या भएको भए पुनः बैठक बसेर सच्याउला नि भन्दै उनी प्रधानमन्त्रीको कोठामा छिर। ओली आफ्ना गुटका केही कार्यकर्तासँग गफिदै थिए। बालुवाटार स्रोतका अनुसार जब प्रधानमन्त्री ओलीले टोपबहादुरलाई देखे। तब उनले भने, जे मन लाग्यो, त्यही निर्णय गर्ने, चुनावका लागि पैसा चाहिन्छ, उद्योगी व्यवसायीलाई किन डेडिकेटड र ट्रंक लाइनको महसुलको विषय उठाएर भड्काउन खोजेको भन्दै तत्काल निर्णय सच्याउन ओलीले निर्देशनात्मक शैलीमा टोपबहादुरलाई थर्काए। रायमाझी बोल्न खोज्दै थिए। ओलीले रोके र भने ‘जता पनि निहुँ खोज्ने काम गरेको छ।

हिले २०० जनालाई केन्द्रीय कमिटी सदस्य बनाउन भनेको छ। कहिले डेडिकेटड र ट्रंक लाइनको महसुलको विवादमा अनावश्यक चासो राखेको छ । किन यस्तो गरेको ? मन्त्री हुन मन छ कि छैन। छैन भने तत्काल राजीनामा दिएर जता मन लागेको छ। त्यतै जानु। होइन भने मेरो पारो तताउने काम नगर।’ जनकारहरुका अनुसार साहिल अग्रवाल सतिशकुमार मोर, पशुपति मुरारका लगायतका व्यापारीले बालुवाटारमा राम्रै रजगज गराएका छन् विष्णु रिमाल र राजेश बज्राचार्यको योजना अनुसार नै आलकल प्राधिकरणमा काम हुन थालेको छ। कुलमानको पुनः नियुक्तिमा प्रतिस्पर्धाको काइते तर्क गर्ने उनै ओली थिए। पछिल्लो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनाइएका हितेन्द्रदेव शाक्य समेत पद जोगाउनका लागि भए नभएका सबै विवरण समेत बालुवाटार पुर्‍याउन खप्पिस भइसकेका छन्।

जानकारहरुका अनुसार अमेरिकी डिजाइनमा नै हितेन्द्रदेवलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको हो। मन्त्रीले भनेका नभनेका सबै कुरा आजकल सोझै बालुवाटार पुग्छ। झण्डै १ खर्बको स्रोत परिचालन गर्ने प्राधिकरणमा ओली गुटले आँखा लगाएको छ। रिमाल र बज्रचार्यले भनेको बाहेक अरु काम हितेन्द्रदेवले गर्न छाडेका छन्। प्राधिकरणभित्र काबिल इञ्जिनियर समेत भनेर चिनिएका हितेन्द्रदेव समेत सालोको साइनो लगाउँदै ओलीको गिरोहमा सामेल भएका छन्। सालो हुन खासमा सात पुस्ताले नभेटेपनि पदका लागि हितेन्द्रदेवले ओलीलाई भिनाजु भन्ने गरेको प्राधिकरणको उच्च स्रोतको दाबी छ।

ओलीले टोपबहादुरलाई बस समेत नभनी, नराम्ररी गाली गरे, त्यसदिन। ‘मनलाग्दी निर्णय गर्ने होइन। मन्त्रीबाट नै हटाइदिऊला नि ? काम गर्ने मन भए मैले र मेरा सहयोगीले भने अनुसार नै गर्नु ’ ओलीले रायमाझीलाई झण्डै झण्डै पधेर्नी शैलीमा गाली गरे त्यसदि। ओलीले डेडिकेटड र ट्रंक लाइनको महसुल नतिरेका व्यापारीसँग निर्वाचनका लागि भन्दै मोटो चन्दा उठाउने तयारीमा बालुवाटार रहेको स्रोतको दावी छ। चन्दा उठाउने तयारी भइरहेको बेला टोपबहादुरले नै डेडिकेटड र ट्रंक लाइनको महसुलको विषयलाई प्रवेश गराएको भन्दै आलोचना मात्रै गरिएन, मन्त्रीबाट नै हटाइदिने धम्की आयो। खड्ग ओलीको धम्कीपूर्ण व्यवहार देखेपछि निराश भएर उनी फर्केको जानकारहरुको भनाइ छ। प्राधिकरणका अनुसार साहिल अग्रवालले मात्रै झण्डै अर्ब ५० करोड बराबरको महसुल तिर्न बाँकी छ।

यस्तै अवस्था छ, पशुपति मुरारका र सतिशकुमार मोरको पनि। उनीहरुले समेत टोपबहादुरको निर्णयले आफूहरु मर्कामा परेको भन्दै बालुवाटार पुगेका थिए। साहिलले महसुल तिर्न नपरे १० देखि २० करोड बराबरको रकम चन्दा दिने बताएका थिए। पैसा गुम्ने भयो भन्ने चिन्ताले आकूल भएका विष्णु रिमालहरुको खप्कीले मानमर्दन भएको भन्दै टोपबहादुरले गुनासो गर्दै हिँडेका छन्। ओलीको खप्की नराम्ररी खाएपछि उनले निकटस्थहरुसँग भन्ने गरेका छन्, ‘प्रचण्डले कहिल्यै गाली गरेनन्।

ओलीको ज्यादती सहन सकिँदैन। अब कति दिन यसरी मानमर्दन सहेर जागिर खाने होला ?’ ओलीको उक्त धम्कीपछि प्राधिकरणको झण्डै १५ अर्ब बराबरको राजश्व गुम्ने अवस्था देखिएको छ। अघिल्लो पटक पनि वर्षमान पुनले डेडिकेटड र ट्रंक लाइनको महसुल उठाउन खोजेका थिए। ओलीकै कारण उत्तः महसुल उठाउन सकिएको थिएन। यस विषयमा रायमाभीलाई फोन गरेर थप बुझ्न र प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आएनन्। सफल खबरबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close