मालारानीका पुर्व शिक्षक पोख्रेलको निधनप्रति कांग्रेस अर्घाखाँचीद्वारा श्रद्धाञ्जली सभा

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ४ का बासिन्दा बुद्धिराम पोख्रेलको निधन प्रति कांग्रेस अर्घाखाँचीले शनिवार श्रद्धाञ्जली सभा गरेको छ । पोख्रेलको फागुन ४ गते निधन भएको थियो । सो अवसरमा कांग्रेस अर्घाखाँचीका उप-सभापति शान्ता भण्डारीले पोख्रेलको निधनले नेपाली कांग्रेसलाई मात्र नभई जिल्लालाई समेत अपुरणीय क्षति पुगेको बताउनु भएको थियो ।
उहाँकै निवासमा आयोजित श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस अर्घाखाँचीका उप-सभापति शान्ता भण्डारी, नेपाली कांग्रेस अर्घाखाँची-कपिलवस्तु सम्पर्क समितीका सभापति तुलसीराम घिमिरे, नेपाल तरुण दल अर्घाखाँची-काठमाडौं सम्पर्क समितिका अध्यक्ष अर्जुन पोख्रेल “संघर्ष”, नेपाल प्रेस युनियनका प्रदेश पार्षद सुरज घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस !