प्रधानमन्त्रीले कांग्रेस सभापति देउवालाई सरकार बनाउन गरेको टेलिफोन कुरा असफल

काठमाण्डौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनाउनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा सँग आज बिहान टेलिफोनमा कुराकानी गरेको तर देउवा सहमतिमा नआएको बताउनुभएको छ।

आज पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले देउवाजीलाई फोन गरेर नयाँ सरकार बनाउनुहोस्, म प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्छु भनेँ तर उहाँले प्रतिक्रिया दिनुभएन, यस्तै उपयुक्त विकल्प दिनुहोस् म सहयोग गर्नका लागि विचार गर्छु पनि भने, त्यस्तै आउनुहोस् राष्ट्रिय सहमतिको सरकार बनाएर अहिलेको सङ्कटलाई पार लगाऔँ भनेँ त्यसमा पनि उहाँले मान्नुभएन ।
‘सर्वोच्चको फैसलापछि पार्टी एकीकरणका लागि मैले नै प्रचण्डजीलाई फोन गरेको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले गरेको फोनको विषयलाई उहाँले मिडियामा उडाउनुभयो, मैले नै पटक–पटक फोन गरे पनि उहाँले आजसम्म एकपटक पनि फोन गर्नुभएको छैन ।’आफू प्रधानमन्त्री र ठूलो दलको नेता भएको नाताले प्रचण्डलाई पटक–पटक फोन गरेको उहाँले जानकारी गराउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close