आज मेलम्चीको सुरुङ परीक्षण गरिँदै

मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज पुनः गरिँदै छ । गत २९ असारमा पनि सुरुङमा पानी परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिकामा रहेका -अम्बाथानको गेट फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसकाे फुटेकाे गेटकाे मर्मतपछि आज पुनः सुरूङमा पानी पठाएर परिक्षण गर्न लागिएको हाे ।
साढे २६ किलोमिटर लामो सुरुङमा आज खानेपानी मन्त्री मणि थापाले पानी पठाएर परीक्षण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।
कमेन्ट गर्नुहोस !