नेकपा पार्टी कसको हुने भन्ने निर्णय फागुन २० गते सुनाउने

काठमाण्डौं ।सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ ।नेपाल कम्युनिष्ट पार्टी आफ्नो दलको नाम भएकाले एमाले र माओवादी केन्द्र मिलेर बनेको दललाई त्यो नाम दिन नपाइने भन्दै ऋषिराम कट्टेलले दिएको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले सुनुवाइ गरिरहेको थियो।
नेपाल कम्युनिष्ट पार्टी नेकपा लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै पहिले आयोगमा निवेदन दिएका थिए।आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !